२४ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १३, २०८१

काठमाडौँ – शनिबार बिहान पहिरो खसेर अवरुद्ध बनेको नागढुंगा–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आइतबार साँझ ६ बजे पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको नागढुंगा–मुग्लिन सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाले बताए ।

उनका अनुसार अहिले बीच सडकमा रोकिएका सवारीसाधनलाई काठमाडौं र काठमाडौंमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाइएको छ । पहिरोको जोखिमले गर्दा अन्य सवारी साधन राति सञ्चालनमा भने गृह मन्त्रालयले रोक लगाएको छ । शुक्रबारदेखि सडकमा रोकिएका सवारी साधनलाई मात्र अहिले प्रहरीको सहयोगमा गन्तव्य पठाउन लागिएको आयोजनाले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित झ्याप्लेखोलामा शनिबार बिहान पहिरो खस्दा सवारी आवागमन ठप्प बनेको थियो । पहिरोमा माइक्रो र बस पुरिँदा ३५ जना यात्रुको मृत्यु भएको छ । पुरिएका शव र गाडी निकालेर एकतर्फी रुपमा सडक सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]