१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन १२, २०८१

सप्तरी – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको परेको पानीले प्रदेशमा क्षति पुर्याउन सक्ने भएकोले त्यसको सामनाका लागि तयार रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई मुख्यमन्त्री सिंहले शनिवार सो निर्देशन दिएका हुन् ।

शनिवार पूर्वपश्चिम राजमार्गस्थित बागमती लगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख कालीदास धवोजीलाई उद्धारका लागि तयार रहन निर्देशन दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले दुवै निकायका डिआइजीलाई फोन गरेर भनेका छन्, ‘बाढी बस्तीमा पस्ने खतरा छ, जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ । त्यसकारण मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि उद्धारजन्य कार्यका जुट्न पूर्वतयारी गरिहाल्नुहोला ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]