२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – भक्तपुर पाण्डुबजारका राजेश सुवालले ‘वल्र्ड पावर लिस्टिङ च्याम्पियनसिप २०२०’ मा रजत पदक हासिल गरेका छन् ।

विगत १५ वर्षदेखि शारीरिक सुगठनमा सक्रिय सुवालले ‘वल्र्ड पापर लिस्टिङ फेडेरेसन’(लन्डन) तथा ‘एमेच्योर पावर लिस्टिङ फेडेरेसन’ इन्डियाको आयोजनामा भएको स्पर्धामा रजत पदक हासिल गरेका हुन् ।यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१औं संस्करणको प्रतियोगितामा सिनियरतर्फ १ सय केजीमा सुवालले पदक हासिल गरेको आयोजकले जनाए । सुवालले कुल ५ सय ४५ केजी तौल उठाएका थिए ।प्रतियोगितामा सहभागी सिनियरतर्फ हसन गुरुङ, जुनियरतर्फ आशिष आलेमगर, श्रुति कार्कीले गोल्ड मेडल तथा सिनियरतफर्का राजेश सुवालले रजत पदक जितेको एसियन पावर लिस्टिङ फेडेरेसनका उपाध्यक्ष तथा नेपाली टिमका प्रशिक्षक जीवन गिरीले बताए ।स्पर्धामा तीन खेलाडीले स्वर्ण पदक र एकले रजत गरी कुल चार उपाधि नेपालले हासिल गरेको प्रशिक्षक गिरीले जानकारी दिए । उनले स्वर्ण पदक विजेता गुरुङले ८२.५ केजी, आलेमगरले १ सय १० केजी र श्रुति कार्कीले ५६ केजी तौल उठाएर जित हासिल गरेको बताए ।प्रतियोगितामा दक्षिण एसियालगायत विभिन्न देशका खेलाडीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा ५ जना खेलाडीसहित २ जना अफिसियल, एसियन पावर लिस्टिङ फेडेरेसनका प्रशिक्षक जीवन गिरी तथा नेपाल पावर लिस्टिङ फेडेरेसनका सल्लाहकार केदार स्थापित सहभागी भएका थिए ।

सुवालले गत वर्ष भक्तपुरमा आयोजना भएको वेन्च प्रेस प्रतियोगितामा १६५ केजी तौल उठाई नेपालको ऐतिहासिक कीर्तिमानसमेत बनाएका थिए । सुवालले पोखरामा पावर जिम एन्ड फिटनेस सञ्चालन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]