सप्तरी – सन्नु कुमारको हिन्दी गीत ‘तुमसे दिल लगाकर’ आज सार्वजनिक भएको हो ।
केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा मैथिली जगतका स्टार सन्नु कुमारले हिन्दि गीतमा नयाँ अनुरुप पस्केको छ जस्को उदाहरण हो “तुमसे दिल लगाकर ” । गीतकार नवल जीको शब्द तथा रोहित को संगीतमा हिन्दी गीत ‘तुमसे दिल लगाकर’ सार्वजनिक भएको छ ।
सन्नु कुमारको स्वर रहेको गीतमा याकुब रोहित / प्रमोद को एरेन्ज रहेको छ । गीतको भिडियो ईलाम ,श्रीअन्तु ,बिर्तामोडको उच्च हिमाली भेगमा र सप्तरीको तराई भेगमा खिचिएको छ । किङ्ग स्टुडियोको निर्देशन रहेको भिडियोमा सन्नु कुमार र एलिशा को अभिनय रहेको छ ।
उक्त भिडियोले दर्शकको मन जित्ने पक्का रहेको सन्नु कुमार च्यानेलका डिजिटल हेड कौशल झाले जानकारी दिए ।
भिडियो हेर्न यहाँ :