२४ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र १०, २०८१

एजेन्सी – रूसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा सिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ ।

स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण युक्रेनविरुद्ध रूसको ठूलो आक्रमण हो ।

युक्रेनी वायु सेनाका अनुसार रूसी ड्रोनका धेरै समूहहरू युक्रेनको पूर्वी, उत्तरी, दक्षिणी र मध्य क्षेत्रहरूतर्फ प्रहार भएका थिए । प्रहार भएका हतियारमध्ये केही क्रुज र ब्यालेस्टिक मिसाइलहरू पनि थिए ।

आक्रमणका कारण भएका विस्फोटको आवाज राजधानी किएभमा समेत सुनिएको र आक्रमणका कारण युक्रेनका मुख्य सहरमा विद्युत र पानीको आपूर्ति अवरुद्ध भएको किएभका मेयर भिटाली क्लिट्स्कोले बताएका छन् ।

युक्रेनको पश्चिमी शहर लुत्स्कका मेयर इहोर पोलिशचुकले आक्रमणले एक बहुमंजिला आवासीय भवन र पूर्वाधारमा प्रहार हुनुका साथै एक व्यक्तिको मृत्यु भएको बताए ।

मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा आक्रमणले अर्का एक व्यक्तिको मृत्यु हुनुका साथै आगलागी निम्त्याएको क्षेत्रीय प्रमुख सेरही लिसाकले बताए ।

जापोरिझियाको दक्षिणपूर्वी, आंशिक कब्जा गरिएको क्षेत्रमा पनि एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय प्रमुख इभान फेडोरोभले बताए ।

युक्रेनको निजी ऊर्जा कम्पनी डिटेकेले “आपतकालीन ब्ल्याकआउट” को घोषणा गर्दै विज्ञप्ति मार्फत “देशभरका ऊर्जा कामदारहरूले युक्रेनीको घरमा उर्जाको पुनर्स्थापना गर्न लागि पर्न निर्देशन दिए ।

सेनाले आक्रमण पछि छिमेकी देश पोल्याण्डमा, देशको पूर्वी भागमा प्रहरी र नेटो हवाई सुरक्षा सक्रिय भएको जनाएको छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]