२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र ०७, २०८१

सप्तरी – सडकखण्डको अधुरो काम तीव्रगतिमा गराउन दबाब दिने उद्देश्यले सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले सडकमै स्थानीयवासीसँग संवाद गरेका छन्। छिन्नमस्ता– ६ कौचाबखारीस्थित सडकको बिचमै बसेर अध्यक्ष चौधरीले स्थानीय अगुवा तथा नागरिकसँग संवाद गरेका हुन्।उक्त कार्यक्रममा सरकारका पूर्वमन्त्री उमेश यादवसमेत सहभागी थिए।

संवादबाट सडकदेखि सिंहदरबारसम्म जनप्रतिनिधिहरूले आन्दोलनको गर्ने निष्कर्ष निकालेको उनको भनाइ छ। यसअघि अध्यक्ष चौधरीलगायतको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सडक निर्माणमा भइरहेको ढिलासुस्ती तथा लापरबाहीबारे ध्यानाकर्षण गराउँदै आवश्यक निर्देशन दिन आग्रह गरेको थियो।

उनीहरूले सडक विभागका डिजी रामहरि पोखरेललाई समेत ध्यानाकर्षण गराएका थिए। केही समयअघि छिन्नमस्ता गाउँपालिकाको कार्यालयमै सडक विभागका कर्मचारीहरूसँग छलफल भएको थियो।

उक्त छलफलमा पाँच दिनभित्र काम पूरा गर्ने सहमति भए पनि त्यसअनुसार काम नभएपछि अध्यक्ष चौधरीसहित गाउँपालिकाका जनप्रतिनिधिहरू सडक डिभिजन कार्यालय लहान पुगेर धर्नामा समेत बसेका थिए। टेन्डर भएको २ वर्ष भइसक्दासमेत काम नभएपछि जनप्रतिनिधिले दबाब बढाउँदै आएका छन्।

पालिका अध्यक्ष चौधरीले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमक झापा (झापादेखि कमलासम्म)का प्रमुख विनोद मौवारसँगसमेत छलफल गरेका थिए।
रूपनीदेखि राजविराज भई छिन्नमस्ता हुँदै नेउर बोर्डरसम्मको टेन्डर भएको यस सडकको काम सुस्त गतिमा चलिरहेको छ।

सडकमा खाल्डाखुल्डीले गर्दा आवतजावतमा कठिनाइ हुन्छ। यो सडक सप्तरीको सदरमुकाम राजविराजलाई जिल्लाको प्रसिद्ध शक्तिपीठसँग जोड्ने मार्गसमेत हो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]