२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०१, २०८१

सप्तरी – जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्वबोकेका तेलहा पोखरीमा फाउन्टेन (पानी फोहोरा) सँगै डिजिटल लाइटिङ तथा पोखरी डिलमा व्यवस्थित विश्रामस्थल निर्माण हुने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार बिहान तेलहालगायत जानकी वरपरका सरोवर अवलोकनपछि जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरासँगै विभिन्न धार्मिक घटनामा आधारित सन्देश प्रवाहित हुने डिजिटल लाइटिङ्ग गर्न प्रदेश सरकारले पूर्वाधार तयार गर्न सहयोग गर्ने बताए ।

उनले धार्मिक नगरी जनकपुरधाममा पर्यटक आकर्षित गर्ने छनोटमा आधारित विकल्पहरू भए पर्यटकको बसाइअवधि लम्बिने तथा धार्मिक एवम् पुरातात्त्विक महत्वका धरोहरहरूको संरक्षण तथा संवर्द्धन हुने उल्लेख गरे ।


जानकी मन्दिरको उत्तरपट्टि रहेको अतिक्रमित तेलहा पोखरीको केही समयअघि उद्धार गरी पोखरीको चारै डिलमा पक्की घाटलगायतको संरचना निर्माण गरिएको थियो । मुख्यमन्त्री सिंहले तेलहा धार्मिक आख्यानमा आधारित पोखरीको सौन्दर्यीकरणका लागि स्थानीय तहसँग समन्वय गरिने पनि बताए ।

मुख्यमन्त्री सिंहले त्यसअघि आजै बिहान अङ्गराजसर (अरगजा पोखरी) को अवलोकन गरी पोखरीको दक्षिणी डिलमा वृक्षरोपण गर्न साथमै रहेका धनुषाका डिभिजनल वन अधिकृत(डिएफओ) बेचन चौधरीलाई निर्देशन दिएका छन् । उनले छठ घाटका रूपमा प्रयोग गर्न असुविधा नहुनेगरी अरगजा पोखरीको डिलमा गुलमोहरको वृक्ष रोप्न डिफओ चौधरीलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिंहले पोखरीको दक्षिणी डिलमा पन्ध्र मिटरको दुरीमा लस्करै गुलमोहरको रूख रोपिए केही वर्षभित्र रूख र फुलको संयोगले पोखरी क्षेत्रको आकर्षण हवात्तै बढ्ने बताए । मुख्यमन्त्री सिंहको निर्देशनअनुसार डिएफओ चौधरीले वृक्षरोपणका लागि समन्वयसहितको काम आजै अघि बढाएका छन् । आइतबार साँझसम्म वृक्षरोपण सकिसक्ने जिल्ला वन अधिकृत चौधरीले बताए ।

मुख्यमन्त्री सिंहले अरगजा पोखरीमा पालन भएको माछालाई आहार पनि खुवाएका छन् । पोखरी दर्शनका लागि जानेहरूले त्यहाँ पालिएका माछालाई आहाराका रूपमा भुजा(मुरही) र सोयाबिन खुवाउने गरेका छन् । सोयाबिनले माछा मर्न थालेपछि भने केही समययता त्यसमा रोक लगाइएको छ ।

मुख्यमन्त्री सिंहले अरगजा पोखरी वरपर अतिक्रमित सडक तथा पेटी क्षेत्रलाई खाली गराउने विषयमा समेत चासो लिएका छन् । उनले अव्यवस्थित तवरले सञ्चालित टहरा र ठेलाका पसल तथा गाडी पार्किङ्गले धार्मिक क्षेत्रको सौन्दर्य बिगार्ने हुँदा पसल सञ्चालनका लागि वैकल्पिक उपाय गरी व्यवस्थापन गरिनुपर्ने बताए ।

मुख्यमन्त्रीसँगै रहेका जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले पचास वर्षभन्दा बढी समयदेखि पोखरी वरपर त्यस्ता पसल सञ्चालन भइरहेकाले वैकल्पिक व्यवस्था नहुँदासम्म खाली गराउन कठिन हुने बताए । उनले वैकल्पिक व्यवस्था कसले गरिदिने भन्नेबारे मुख्यमन्त्री सिंहलाई भने केही सुझाएनन् ।

मुख्यमन्त्री सिंहले जानकी मन्दिर परिसरमा शौचालय तथा खानेपानी व्यवस्थाको समेत अवलोकन गरेका छन् । उनले प्रदेश सरकारले विनियोजन गरेको शौचालयको बजेट जानकी मन्दिर परिसरमा शौचालय निर्माणमा खर्च गर्ने व्यवस्था मिलाउन प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलाई निर्देशन दिए ।सम्भार : कान्तिपुर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]