२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ३२, २०८१

हेटौँडा – पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ सात तलेमा रेबिजबाट दुई जनाको मृत्यु भएको छ । एक साता अवधिमा बागमतीका ३२ वर्षीय कमल नेगी र ९ वर्षीया रबिना थोकरको रेबिजबाट मृत्यु भएको बागमती गाउँपालिका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले बताउनुभयो ।

गोलेले दिएको जानकारीअनुसार नेगीलाई ६ महिना अगाडि र थोकरलाई पाँच महिना अघि कुकुरले टोकेको थियो । बागमतीमा कुकुरको टोकाइबाट दुई जनाको मृत्यु भएपछि स्थानीय २६ जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

गत वर्ष मकवानपुरमा रेबिजबाट तीन जनाको मृत्यु भएको थियो । मकवानपुरगढीमा एक जना र उत्तरी मकवानपुरको थाहा नगरपालिकामा दुई जनाको मृत्यु भएको थियो ।

पशुबाट मान्छेमा सर्ने जुनोटिक रोगबारे बताउँदै प्रायः भुस्याहा कुकुर, स्याल, चितुवा, बँदेल, चमेराबाट रेबिज सर्ने गरेको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]