२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, साउन २७, २०८१

विराटनगर – विराटनगरको गोल्डेन अस्पताल आइतबारदेखि आफ्नै नवनिर्मित भवनमा सेवा दिने भएको छ । यो नयाँ भवन विराटनगर महानगरपालिका-११ मा अवस्थित छ। ४८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो ६ तल्ले भवन सुबिधा सम्पन्न रहेको छ ।

गोल्डेन अस्पतालका प्रबन्ध निर्देशक एवं बरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियारले अबको केही समयपछि अस्पताल चौक र महेन्द्र चौकको नयाँ भवन गरी दुवै ठाउँबाट बिरामीलाई सेवा प्रवाह गर्ने बताए । र केही समयपछि अस्पताल चौकमा सञ्चालित अस्पताललाई बन्द गरेर महेन्द्र चौक पश्चिम रहेको नयाँ अस्पताल भवनबाट बिरामीलाई उपचार सेवा प्रदान गर्ने बताए ।

गोल्डेन अस्पतालका बोर्ड अफ डाइरेक्टर सनातन मण्डलले ३५ भन्दा बढि विशेषज्ञ डाक्टर कार्यरत रहेको गोल्डेन अस्पतालमा सबै रोगको उपचार सेवा उपलब्ध रहेको बताए । १५ बेडको ओपीडी सेवाबाट सञ्चालनमा आएको गोल्डेन अस्पतालले नयाँ भवनमा अस्पताल सञ्चालनमा ल्याउँदा १ सय बेडको मान्यता प्राप्त गरेका छन् । र महेन्द्र चौकको नयाँ भवनको अस्पतालबाट निम्न आयस्तर भएका बिरामीदेखि हुने खाने बिरामीहरूको एकै थलोबाट उपचार सेवा प्रवाह हुने मण्डलले बताए ।

कोशी प्रदेशका प्रदेश प्रमुख हिक्मतकुमार कार्कीले आइतबार गोल्डेन अस्पतालको उद्‌घाटन गरेका छन् । सबै राष्ट्रिय राजनैतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख उपप्रमुख र विभिन्न स्वास्थ्य संस्थाका सञ्चालकहरू गोल्डेन अस्पतालको उद्‌घाटन समारोहमा सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]