०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता कमानसिंह लामाको बिहीवार ६९ वर्षका उमेरमा निधन भएको छ ।कोरोना भाइरसको संक्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीवार बिहान नेता लामाको निधन भएको हो ।

विक्रम संवत् २००८ फागुन ९ गते पिता चन्द्रसिंह र आमा मिश्रीमायाका कोखबाट जन्मेका लामा विक्रम संवत् २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम) बाट कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए ।लामा विक्रम संवत् २०३५ सालमा गठित अखिल नेपाल युवा संघका केन्द्रीय संस्थापक सदस्य थिए । विक्रम संवत् २०६३ सालमा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूत समेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । दिवंगत लामाका पत्नी, १ छोरा र ४ छोरी छन् ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताएका छन् ।बिहीवार दिएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेका स्मरण गरे । अध्यक्ष दाहालले भनेका छन्, ‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसूस गरेको छु ।’

अध्यक्ष प्रचण्डले दिवंगत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]