२९ भाद्र २०८१, शनिबार
wait Please...

अनवर अलि

मंगलबार, माघ १६, २०८०

राजविराज – सप्तरी सदरमुकाम राजविराजमा मोटरसाइकल चोरी गर्ने दुई जना समातिएका छन् । पक्राउ पर्नेमा सप्‍तरीको महदेवा गा.पा. १ ढिकली घर भई हाल राजविराज न.पा. ०१ राजदेवी टोल बस्ने २६ बर्षका सुमित मण्डल र भारतको बिहार राज्य अन्तर्गत मधुवनी ग्राम पन्चायत फुलपरास विसनपुर सिसवा वरही वडा नं. ५ बस्ने २७ बर्षका रणवीर यादव छन् ।

सुमित लोड गरिएको कटुवा पेस्तोल र रणबीर लागू औषध गाँजासहित समातिएको प्रहरीले जनाएको छ ।

गत १२ माघको राति गते राजविराज न.पा. ६ स्थित सानिमा बैंक अगाडीबाट पार्किङ गरी राखेको प्र. २-०१-००१ प ८६१४ नम्बरको १६० सिसिको अपाचे मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिहरुलाई खोजतलास एवं प्राबिधिक अनुसन्धान गर्ने सिलसिलामा मिति १५ माघमा राजविराज नपा ६ पुरानो बस पार्कबाट प्रदेश ०६-००१ प ०७५७ नम्बरको मोटरसाईकलमा आउदै गरेका मण्डल समातिएकाे सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले बताए । उनको शरीर तलासी लिँदा निजले लगाएको ज्याकेटको खल्तीमा लोड गरिएको अबस्थामा कटुवा पेस्तोल थान-१ र ऐ.मा लाग्ने  ८ एमएम लेखिएको गोली थान-१ फेला परेको उनले बताए ।

पेस्तोल र गोली बरामद गरी नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा निजले मोटरसाईकल आफुसहित रनबीर मिलेर चोरी गरेको र भारतमा लगी बेचेको बताएको नेउपानेले जनाए ।

उनको बयानका आधारमा यादवको खोजतलास गर्दा १५ माघमै उनलाई BR 32 AT 0139 नम्बरको मोटरसाईकलमा पछाडी भारतमै बस्ने विभस यादवलाई बसाई आउदै गरेको अबस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुको शरीर तलासी लिँदा मोटरसाईकलमा पछाडी बसेका विभस यादवको साथबाट लागु औषध गाँजा ६०२ ग्राम फेला परेको प्रहरीको भनाई छ ।

उनीहरूविरुद्ध हातहतियार खरखजाना, लागूऔषध र चोरी सम्बन्धी मुद्दामा मा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]