१५ बैशाख २०८१, शनिबार
wait Please...

अनवर अलि

आइतबार, पौष २२, २०८०

राजविराज सप्तरी – कम उमेरकी बालिकाको बढी उमेर देखाएर जन्म दर्ता बनाइदिने सप्तरीका एक जना सचिव र कार्यालय सहयोगी पुर्पक्षका लागि थुनामा गएका छन् ।

किर्ते गरी बालिकाको उमेर बढाएर जन्म दर्ता बनाइदिने सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडा नम्बर ४ का सचिव रमेश घिमिरे र कार्यालय सहयोगी देबकान्त चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

कागजात किर्ते मुद्दामा दुबैलाई आईतबार जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

वडा सचिव घिमिरेसहितका आठ जना मिलेर कम उमेरकी आफ्नी छोरीको बढी उमेर देखाएर जन्मदर्ता बनाएको भन्दै अग्निसाइर कृष्णासवरण गाउँपालिकाका वडा नम्बर ४ का ललित इसरले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा प्रहरीले किर्ते मुद्दा चलाएको थियो ।

ललितले सचिव घिमिरे, कार्यालय सहयोगी चौधरी, कम्प्युटर अपरेटर सुनिता चौधरी, किर्ते जन्म दर्ता बनाउन आउने बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का नारायण राम, शिबु राम, जितु राम, मनोज राम र अशोक रामबिरुद्ध जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । अन्य व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]