०९ फाल्गुण २०८०, बुधबार
wait Please...

अनवर अलि

शनिबार, मंसिर १६, २०८०

राजविराज सप्तरी  – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका -४ स्थित कदमाहामा शनिबार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ट्रकको ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक सुरुङगा नगरपालिका -५ बस्ने ३५ वर्षीय मोह्मद हारुन रहेका छन् । 

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको म.प्र.०१-००१ ख ०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए । दुर्घटना पश्चात् आक्रोशित स्थानीयवासी र आफन्तले केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]