०३ चैत्र २०८१, सोमबार
wait Please...

अनवर अलि

शुक्रबार, मंसिर १५, २०८०

सप्तरी – सप्तरी युथ द्वारा पुर्व निर्धारित कार्यक्रम अनुसार आज पनि २ घण्टा धर्ना कार्यक्रम रहेकाे छ ।

रामराजाप्रसाद सिंह स्वास्थय विज्ञान प्रतिष्ठान निर्माणकाे कार्य अविलम्व सुचारु गर भन्दै पुर्व निर्धारित कार्यक्रम अनुसार आज पनि २ घण्टा धर्ना कार्यक्रम रहेकाे सप्तरी युथका उपाध्यक्ष माेहन कुमार यादबले जानकारी गराए ।

सप्तरी युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा वसेकाे धर्नामा सरकारलाई अबिलम्ब प्रतिस्ठानको निर्माण शुरु गर्न आग्रह समेत गरेका छन् । धर्नामा राम कुमार दास, राजबिराज नगरपालिका प्रबक्ता युवा नेता वडा न ८ का वडाअध्यक्ष जय नारायण मण्डल , सप्तरी युथ नेपालका सदस्य मुस्तकिन आलम ,सुरज यादव, बसन्त यादव, अनिल यादव ,एलिस यादव ,ओमकार कर्न ,कारण शर्मा सहितका युवाहरुकाे उपस्थिति रहेकाे छ ।

त्सतै यस आन्दाेलनमा स्वतन्त्र बिधार्थी युनियनले समेत एकिवद्धता सहित सहभागिता जनाएका छन् । अबिलम्ब प्रतिस्ठानको निर्माण शुरु गर्न समेत आग्रह गरेका छन् । उनीहरूले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

त्यसतै पुर्व निर्धारित कार्यक्रम पश्चात् १० हजार हस्ताक्षर गरि प्रधानमन्त्री समक्ष बुझाउने कार्यक्रम समेत रहेकाे बताए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।
प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]