०९ फाल्गुण २०८०, बुधबार
wait Please...

अनवर अलि

बिहिबार, मंसिर १४, २०८०

राजविराज – सप्तरी युथ नेपालद्वारा रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै बिहिवार पनि जिल्ला प्रशासन कार्यलय सप्तरीको अगाडी धर्ना दिएर प्रदर्शन गरिरहेका छ्न ।

सप्तरी युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको काेण सभामा प्रतिस्ठान निर्माण स्थलमा रिले अनसन बसिरहेका राम कुमार दास, राजबिराज नगरपालिका प्रबक्ता युवा नेता वडा न ८ का वडाअध्यक्ष जय नारायण मण्डल , सप्तरी युथ नेपालका सदस्य मुस्तकिन आलम ,सुरज यादव, बसन्त यादव, अनिल यादव ,एलिस यादव ,ओमकार कर्न ,कारण शर्मा सहितका युवाहरूले धर्ना दिएका छन । सरकारलाई अबिलम्ब प्रतिस्ठानको निर्माण शुरु गर्न आग्रह गरे । उनीहरूले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

आन्दोलन अन्तर्गत शुक्रबार पनि जिल्ला प्रशासन कार्यलय सप्तरीको मुल गेटमा दुई घन्टा धर्ना दिने र  प्रदर्शन गर्ने कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष मोहन यादवले बताए।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।

प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]