०९ फाल्गुण २०८०, बुधबार
wait Please...

अनवर अलि

मंगलबार, मंसिर १२, २०८०

राजविराज – सप्तरी युथ नेपालद्वारा रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै मंगलबार सिटि जुलुस प्रदर्शन गरिएको छ।

स्थानीय राज रंगशालाबाट निकालिएको युवाहरूको सिटि जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगि काेण सभामा परिणत भएको थियोे ।

युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको काेण सभामा प्रतिस्ठान निर्माण स्थलमा रिले अनसन बसिरहेका राम कुमार दास, नेकपा एमालेका युवा नेता अखिलेश झा, सप्तरी युथका सदस्य मुस्तकिन आलम सुरज यादव, बसन्त यादव, जय राम यादव ,अनिल यादव ,पशुपति कर्न ,श्याम राउत सहितकाले  मन्तव्य राख्दै सरकारलाई अबिलम्ब प्रतिस्ठानको निर्माण शुरु गर्न आग्रह गरे । उनीहरूले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

कोणसभाको संचालन सप्तरी युथका कार्ववाहक अध्यक्ष मोहन यादवले गरेका थिए ।

आन्दोलन अन्तर्गत बुधबार दिउसो टर्च लाईट बालेर जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष यादवले बताए।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।

प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]