कल्याणपुर सप्तरी – खडक नगरपालिका वडा न ९ मा मो.इझारुल मिया वडाअध्यक्षको अध्यक्षतामा गाउँ बल्क जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ ।
साबिक इनर्वा फुलबरिया हाल खडक नगरपालिका वडा ९ मा आज पहिलो चरणमा जम्मा ७४ जना घर धुरीलाई गाउँ बल्क जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ ।
यस कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरी , विशिष्ट अतिथि उप प्रमुख रिता कुमरी चौधरी , नापी कार्यलयका सप्तरीका प्रमुख शत्रुधन प्रसाद यादव ,टोलि प्रमुख दिनेश कुमार चौधरी ,अमिन कपिलदेव यादव , वडा सदस्यहरु र समाजसेवीहरुको उपस्थिति रहेको थियो । वडा अध्यक्ष मो.इझारुल मियाले जानकारी गराए ।