०९ फाल्गुण २०८०, बुधबार
wait Please...

अनवर अलि

शुक्रबार, मंसिर ०८, २०८०

महोत्तरीमा एक सात वर्षीया बालिका शिक्षकबाटै बलात्कृत भएकी छिन्। बलात्कार आरोपित गौशाला नगरपालिका– ५ स्थित गौशाला एकेडेमीका शिक्षक जुगलकिशोर साहलाई प्रहरीले पक्राउ गरेको छ।

गौशाला– ११ बटौवा टोल बस्ने ३३ वर्षीय साह विद्यालयका सञ्चालकसमेत हुन्। साहले बिहीबार टिफिन समयमा ललाइफकाई विद्यालय भवनको छतमा लगी बलात्कार गरेको बताइएको छ। अभिभावकले छोरी बिरामीजस्तो देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको र शुक्रबार बिहान इलाका प्रहरी कार्यालय गौशालामा घटनाबारे जानकारी गराएका थिए।

 

घटनाबारे जानकारी पाएलगत्तै आरोपी साहलाई पक्राउ गरी पीडित पक्षको जाहेरीको आधारमा मेडिकल जाँचसमेत गराई मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]