सप्तरी युथ नेपालको आज ८ औं स्थापना दिवस।अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर वि.स.२०७३ श्रावण २८-२९ गतेसम्म राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सप्तरी जिल्ला युवा सम्मेलन सम्पन्न भएको थियो ।
सप्तरी जिल्लाको इतिहासमै सर्वप्रथम युवा सम्मेलन सम्पन्न भएको ऐतिहासिक दिन त्यही हो।”दिगो बिकासका लागी युवा”मुल नाराका साथ शुरु भएको उक्त सम्मेलन दुई दिनसम्म सफलतापुर्बक चलेको थियो । उक्त सम्मेलनमा सप्तरी जिल्लामा तत्कालीन ११४ गाबिस का युवा प्रतिनिधित्व सम्मेलनको प्रतिनिधि बन्ने अवसर पाएका थिएँ ।उक्त सम्मेलनबाटै सप्तरी युथ नेपालको बीजारोपण भएको थियोे ।
त्यसपश्चात् हनुमाननगर कंकालनी नगरपालिकास्थित महाबिर माध्यमिक बिद्यालयस्थित म लगायत श्रवण देव, आयुष श्रेष्ठ,मोहन यादव,बिष्णु यादव जय नारायण मंडल,अनवर अलि ,नन्द किशोर गुप्ता ,अमर यादव ,सुरज यादव , बिरेन्द्र मंडल,प्रयंका देव, कौशल यादव, रमेश यादव बिजय देव बाल कृष्ण मंडल,पवन साह, निराजन यादव ,मदन यादव ,दिपक यादव , राकेस यादव ,आशिष गुप्ता नर्मता परियार, भावना पौडेल, पिन्टु कुमार यादव,अनिल यादव, कृष्ण यादव,रंजना चौधरी,संजय, एलिस, सुनिल परिवार लोकेन्द्र यादव,राजा ठाकुर आनबि सिंह बिमलेश यादव दिपेन्द्र दास सहितका युवाहरूको बैठकले’ सप्तरी युथ नेपाल’नामक संस्था मार्फत सप्तरीमा युवा गतिविधि अगाडी बढाउने निर्णय भएको थियो ।
सप्तरी युथको कानुनी दर्तापछि सरसफाइलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय भयो ।”सरसफाइ तपाईंको हातमा,हामी युवा तपाईंको साथमा”मुल नाराका साथ सप्तरी युथले ५० सप्ताह सरसफाइ अभियान सफलतापुर्बक सम्पन्न गरिसकेको एक युवा चार बिरुवा नारा लाई पनि सार्थक दिए र सफलता हासिल गरिसकेका छौ भन्ने लागुऔषधी नियन्त्रणमा सप्तरी जिल्ला को बिभिन्न बोडरनाका लागु औषध नियन्त्रण मा टेवा पुर्याएको थियो भन्ने सप्तरी को पट्टीपर्वाह दृष्टि परिवार लाई सर्भ सुलभ घर निर्माण ।सोही संस्थाको अ गुवाईमा हालसम्म विभिन्न युथ गतिविधिले जिल्लामा निरन्तरता पाएको छ।
सप्तरी जिल्लाको सुशासन, आर्थिक-सामाजिक रुपान्तरणका लागि यस संस्थाले भविष्यमा आफ्नो भुमिका बढाउँदै जानेछ सप्तरी युथ नेपालका संस्थापक सदस्यहरुको भनाई छ ।