काठमाण्डु– नेपालमा आजदेखि टिकटक बन्द हुने भएको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
सरकार प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सदभाव र अराजकता नियन्त्रणका लागि टिकटक बन्द गर्ने निर्णय गरेको बताइन् ।
उनले इन्टरनेट प्रदायक कम्पनीलाई पत्राचार गरेर टिकटक बन्द गर्न निर्देशन दिइने उल्लेख गरिन् ।
‘सामाजिक सदभाव जोगाउन र बढ्दो अराजकता नियन्त्रण गर्न सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ’, शर्माले भनिन्, ‘प्राविधिक रुपमा गर्नुपर्ने प्रक्रिया गरेर केही दिनमै निर्णय कार्यान्वयनमा आउँछ ।