२२ आश्विन २०८१, मंगलबार
wait Please...

अनवर अलि

बिहिबार, कार्तिक २३, २०८०

राजविराज । सप्तरी क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सांसद अनिरूद्व सिंह यादव उच्च अदालत जनकपुर राजविराजकाे आदेशमा रिहा भएका छन्। उनलाई अदालतले रु १ लाख २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
माओवादी नेता गोबिन्द चाैधरीकाे हत्याकाण्डमा संलग्न रहेकाे भन्दै उनीविरूद्व कर्तव्य ज्यान तथा डाँका मुद्दा परेकाे थियाे । मुलतबीमा रहेकाे उक्त मुद्दामा उनलाई १७ भदौमा पक्राउ गरि १८ भदौमा सप्तरी जिल्ला अदालतमा पेश गर्दा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियोे ।
अदालतले वादी रिता कुमारी चौधरीको जाहेरीले कर्तव्य ज्यान तथा डाँका मुद्दामा नेपाल सरकारकाे प्रतिवादी भनिएका अनिरुद्द सिंहलाई मुलुकी फाैजदारी कार्यविधि संहिता २०७४ काे दफा ६७ १ ख बमाेजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियोे । अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएलगतै मधेस प्रदेश सभाले निलम्बन गरेको थियो ।
सप्तरी जिल्ला अदालतको आदेशबिरुद्ध अनिरूद्व पक्षले उच्च अदालतमा रिट दायर गरेको थियो ।
उक्त मुद्दामा बिहीबार बहस हुँदा अनिरूद्वलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र पुर्ण प्रसाद राजबन्शीको सन्युक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]