जाजरकोट – जाजरकोटमा शुक्रबार राति ११ः४७ बजे गएको भूकम्प नयाँ भूकम्प रहेको भूकम्पविद् मुकुन्द भट्टराईले जनाएका छन् ।
उनका अनुसार अहिलेसम्म तीन वटा ४ रेक्टर स्केलदेखि माथिका पराकम्पन आइसकेको र ४ रेक्टर स्केलभन्दा मुनिका पराकम्पन निरन्तर आइरहेको बताए ।
राति १२ः०८ बजे ४.५ रेक्टर स्केलको, १२ः२९ बजे ४.२ रेक्टर स्केलको र राति १२ः३५ बजे ४.३ रेक्टर स्केलको पराकम्पन आएको हो ।
ठूलो भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनका कारण झन् बढी क्षति भएको हो ।
अहिले पनि ठूलो पराकम्पन आउन सक्ने भन्दै डा. भट्टराईले संयमित भएर सुरक्षित रहेर बस्नका लागि आग्रह गरेका छन् ।
भूकम्पमा परी १२९ जनाको मृत्यु भइसकेको छ भने १२१ जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेकाले यो तथ्याङ्क बढ्न सक्ने प्रहरीले जनाएको छ ।