२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको बैठक मङ्सिर २८ गतेसम्म स्थगित गरेको छ ।

त्यसबीचमा सदस्यहरूलाई बैठकमा पेस भएका पार्टी अध्यक्षद्वय (केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड)का प्रस्तावलगायत अन्य दस्तावेजहरू अध्ययनका लागि समय दिइएको बताइए पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली गठबन्धन टुटाउने प्रयासमा लागेको नेकपाका नेताहरू बताउँछन् ।प्रधानमन्त्री ओलीले बुधबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर बालुवाटारमा छलफल गरे । पौनेघण्टा भएको छलफलमा प्रधानमन्त्रीले नयाँ, ठोस प्रस्ताव नगरेको र विद्यमान सङ्कट निवारणका निम्ति कुनै विकल्प प्रस्तुत नगरेको प्रचण्डनिकट स्रोतले जानकारी दियो ।“प्रधानमन्त्रीले दुई अध्यक्ष छलफल गरौँ भनेर निकै ताकेता गरिरहनुभएको थियो,” प्रचण्डनिकट स्रोतले बाह्रखरीसँग भन्यो, “भेटघाटका क्रममा अर्थपूर्ण कुराकानी हुन सकेन । उहाँले खाली सहकार्य गरौँ भनेर मात्रै जोड दिनुभयो ।”स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वार्ताका लागि मङ्गलबार नै निम्तो दिएका थिए । तर, दुई अध्यक्षको छलफलको उपादेयता महसुस नगरेको प्रचण्डले इन्कार गर्दै आएका थिए ।“तै पनि प्रधानमन्त्री ओलीले कुनै विकल्प प्रस्तुत गर्नुहुन्छ कि भनेर अध्यक्ष एक्लाएक्लै छलफलका लागि जानुभएको थियो । उही पुरानै छलफलको निरन्तरताजस्तो देखियो,” प्रचण्डनिकट स्रोत भन्छ ।वार्ताका क्रममा प्रधानमन्त्री ओलीले दुई अध्यक्ष नै मिलेर निकास दिनुपर्ने बताएका थिए । उनले नेता नेपालबाट धोका हुनसक्ने भन्दै सचेत गराएको प्रचण्डनिकट स्रोतको जिकिर छ ।“नेता नेपालसँग सहकार्य गर्नुभन्दा दुई अध्यक्ष मिल्नुनै एकता र आन्दोलनको हित छ भन्नेमा उहाँको जोड थियो । नेता नेपालले जुनसुकै बखत धोका दिनसक्ने भन्दै सचेत गराउन खोजेको र त्यसमा गठबन्धन टुटाउने नियत प्रष्टै देखियो,” प्रचण्डनिकट नेता भन्छन् ।

माधव नेपालप्रति क्रुद्ध ;
सचिवालयमा केपी शर्मा ओली अल्पमतमा छँदैछन्, एकतादेखि नै । उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा बादललाई प्रभावमा पारेर पार्टी र शासनसत्ता जोगाउँदै आएका थिए ।बादल पूर्वमाओवादी केन्द्रको एउटा धारको प्रतिनिधित्व गर्छन् । अल्पमतमा रहेको धार भए पनि त्यसले पार्टीभित्र धेरैथोरै प्रभाव राख्छ । त्यही अन्तरविरोधमा खेलेर ओलीले बादललाई प्रभावमा राख्दै आएका छन् । त्यसो त बादलको केही स्वभावजन्य कारणले पनि ओलीले राहत महसुस गर्दै आएका छन् ।वामदेव गौतमसँग भने उनको लभ–हेट (प्रेम–घृणा)को सम्बन्ध रहँदै आएको छ । गौतमलाई रिझाउन एक वर्ष सङ्गठन विभाग प्रमुख, विधानमै नभएको उपाध्यक्ष पद र राष्ट्रियसभा सदस्य बनाए पनि उनी ओलीको कित्तामा स्पष्टरूपमा उभिन सकेका छैनन् । तथापि, वैशाख १७ को सचिवालय बैठकमा र साउन १३ गतेको बहुमत स्थायी कमिटी सदस्यको भेला–बैठकमा वामदेवले ओलीलाई साथ दिए । वामदेव गौतमकै भूमिकाका कारण पनि ओलीको दुवै पद जोगिँदै आएको छ । जब कि, तेस्रो स्थायी कमिटी बैठकमा नेता गौतमले नै ओलीले एकपद छाड्नुपर्ने लिखित प्रस्ताव पेस गरेका थिए ।अहिले पनि उपाध्यक्ष गौतम ओलीलाई साथ दिने पक्षमा छैनन् । पटक–पटक काँध थाप्दा पनि धोकाबाहेक नपाएको भन्दै गौतम फर्किने मुडमा देखिएका छैनन् । उनले तल–तल भेला गरेर ओलीविरूद्ध जनमत बनाउन निर्देशन नै दिइसकेका छन् । ओलीले पार्टी फुटाउने तयारी गरेको भन्दै प्रतिवाद गर्नसमेत निर्देशन दिएका छन् ।गौतमलाई मनाउने कोसिस विफल भएपछि पूर्वएमाले एक हुनुपर्छ भन्दै तेस्रो अध्यक्ष, महाधिवेशनपछिको अध्यक्षलगायत प्रस्ताव गरेर ओली पक्षले नेपाललाई पनि मनाउने प्रयत्न गरेको थियो । धेरै चरणका वार्ता, छलफलहरू भए । ओली आफैँले पनि नेता नेपालालाई बालुवाटार बोलाएर सहकार्यको प्रस्ताव गरे । हात बढाए ।

तर, नेपालले ‘उधारो प्रस्ताव होइन, नगद, हाताहाती नै चाहिन्छ’ भनेर सहमतिमा नआएको भन्दै ओली पक्ष अहिले नेता नेपालप्रति आक्रामक छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले नेता नेपाल सिद्धान्तविहीन भएको निष्कर्ष निकाल्दै विधि देखाउन दाँत भएको चित्रित गर्छन् । शङ्कर पोखरेलले पनि नेता नेपाल सहमतिमा आउन नचाहेको भन्दै अभिव्यक्ति दिइरहेका छन् ।“पार्टी एकताको रक्षा, सुदृढीकरण, आन्दोलनको विकास भन्दा पनि उहाँलाई प्रचण्डकै कार्यकर्ता बन्ने चिन्ता छ । प्रचण्डलाई आन्दोलन कसरी सुम्पने भन्ने हतारो छ,” प्रधानमन्त्री ओली निकट एक नेता भन्छन् ।

नेता नेपाल, उपाध्यक्ष गौतम कसैलाई पनि मनाउने प्रयत्न सफल हुन नसकेपछि ओली पक्ष पुनः प्रचण्डलाई नै मनाउने कोसिस गरिरहेको नेकपाका नेताहरूको बुझाइ छ ।तर, यसपटक ओलीलाई निराशाबाहेक केही हात नलाग्ने उनीहरूको निष्कर्ष सुनाउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]