चितवन । जिल्लामा पहिलो पटक बुबा नभएको स्वघोषणा गराएर नागरिकता दिईएको छ। आज जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका वडा नम्बर १२ का १९ बर्षिय बिशाल उपाध्ययलाई आमाको नामबाट नागरिकता दिएको हो । मायाँ देवि उपाध्ययको छोरा बिशालले बुबा रमाकान्त रखाल हाल सम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरे संगै उनलाई आमाको नामबाट नागरिकता दिईएको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालका नागरिकता ऐनको पहिलो संसोधन र नियमावलीको तेस्रो संसोधन अनुसार नागरिकता दिईएको हो । उनी परिमाजित ऐन अनुसार नागरिकता लिने पहिलो व्यक्ति भएको उहाँले बताउनुभयो । उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गर्नुभएको हो ।
थापाले ऐनमा भएको संसोधनले आम नागरिक नागरिकताको समस्याबाट मुक्त भएको बताउनुभयो । स्वघोषणा गरे पछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारवाही हुने उहाँ बताउनुभो । कानुन अनुसार कैद र जरिवानाको व्यवस्था भएको उहाँले जानकारी दिनुभयो । श्रीमान १८ वर्ष देखि सम्पर्कमा नआए पछि स्वघोषणा गर्न बाध्य भएको आमा मायाँदेवीले वताउनुभयो । उहाँले भन्नुभयो “छोरो जन्मिएको एक वर्ष पछि छोराको बुबा हराउनु भएको हो ।अहिले सम्म सम्पर्कमा आउनु भएन ।” छोराले आफ्नो नामबाट नागरिकता पाए पछि आँफु खुशी भएको र थप जिम्मेवारी थपिएको महशुश गरेको उहाँले बताउनुभयो ।