१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ । बुधवार राति भएको खेलमा पीएसजीले ईस्तानबुल क्लबलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन नेयमारले ह्याट्रिक गरे । थप दुई गोल केलियन एम्बाप्पेले गरे । नेयमारले खेलको २१ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।त्यस्तै खेलको ३८ औं मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए । खेलको ४२ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाएका थिए । नेयमारले खेलको ५० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।पाहुना टोली ईस्तानबुलका टोपालले ५७ औं मिनेटमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए । एम्बाप्पले ६२ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । मंगलवार राति खेल्ने तय भएको खेल ईस्तानबुलका अफिसियललाई रेफ्रीले रंगभेदी व्यवहार गर्दा रद्ध हुन पुगेको थियो । सोही कारण दुवै टिमका खेलाडीले मैदान छाडेका थिए ।

पीएसजी समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।
समूह चरणका खेल सकिदा शीर्ष स्थानको पीएसजी र लाईपेजिगले समान १२ अंक बटुले । युनाईटेड ९ अंकमा सिमित रह्यो । ईस्तानबुल ३ अंक सहित पुछारमा रह्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]