सप्तरी – जनमत पार्टीका अध्यक्ष डा. सिके राउत स्वदेश फर्किएका छन् । १२ दिन लामो संयुक्त राज्य अमेरिकामा अध्ययन भ्रमणपछि उनी आज (शनिबार) स्वदेश फर्किएका हुन् ।
राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । राउतलाई स्वागत गर्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, मधेश प्रदेशका श्रम मन्त्री चन्दन सिंहलगायतका नेताहरु बिमानस्थल पुगेका थिए । अमेरिकामा रहँदा राउतले नेपाली समूदायसँग पनि अन्तरक्रिया गरेका थिए ।