०९ फाल्गुण २०८०, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – सर्जियो एगुएरोले चोटपछि पुनरागमन गर्दै गोल गर्दा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा मार्सेलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा मार्सेलाई ३-० ले पराजित गर्दै सिटी समूह सीमा अपराजित रह्यो ।यसअघि नै समूह विजेता बनिसकेको सिटीले ५ जित र १ बराबरीपछि १६ अंक जोड्यो ।घरेलु मैदानमा भएको खेलमा सिटीले सबै गोल दोस्रो हाफमा गरेको हो । फेरान टोरेसले ४८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा अगुएरोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । अन्तिम समयमा मार्सेका अल्भारो गोन्जालेजले आत्मघाती गोल गरेपछि सिटीले ३-० को जित हात पारेको हो ।

यसै समूहको अर्को खेलमा अन्तिम १६ मा पुगिसकेको पोर्टोले ओलम्पियाकोसलाई २-० ले हरायो । पोर्टोका लागि १०औं मिनेटमा ओटाभियो र ७७औं मिनेटमा कातेउस उरिबले गोल गरे । ७९औं मिनेटमा मार्सेका रुबेन समेडो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]