आगलागी पीडितलाई दिने तयारी गरिएको राहात सामग्री
सप्तरी – रुपनी गाउँपालिकाको नकटी रायपुरमा भएको आगलागी पीडितलाइ रुपनी गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गए राती करिब ११ बजे भएकाे आगलागीमा ४ जनाका घर पुर्णरुपमा जलेकाे हाे । गाउँपालिकाको पहलमा आगलागी पीडितलाई आज राहत प्रदान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष दनेश कुमार यादबका अनुुसार पिडितलाई मझौला टेण्ट त्रिपाल ४ थान, कम्बल (बल्याङ्केट ) ४ थान गरी खाद्यान्न सहयोग उपलब्ध भएको छ । त्यसैगरी चामल २५ किलोका ४ बोेरा, दाल १२ केजी, खानेतेल ४ लिटर, नुन ४ केजी खाद्यान्न सहयोग रुपनी गाउँपालिका बाट सहयोेग भएको छ ।
उपलब्ध राहत सामग्री रुपनी गाउँपालिका वडा नम्बर १ बस्ने तेज नारायण यादब,माया लाल यादब,रामबिलास यादब र अनिल यादब लाई प्रदान गरिएकाे छ । गाेठमा लामखुट्टे बाट बच्न बालेकाे आगाे ( घुर)बाट गएराती अनदाजी ११ बजे आगलागी हुुँदा रुपनी गाउँपालिका १ को नकटि रायपुर गाउँका तेज नारायण यादबको घर जलेर नष्ट भएको थियो । अर्का स्थानीयहरु माया लाल यादब ,राम बिलास यादब र अनिल यादबको घर आगलागीबाट जलेर नस्ट भएकाे छ । प्रहरी मुचुुल्काअनुसार नकटी रायपुर आगलागीबाट एक लाख ८१ लाख ५२ हजार रुपियाँ बराबरको क्षती भएको थियो ।