०८ कार्तिक २०८१, बिहिबार
wait Please...

शुभ नारायण यादव

सोमबार, भाद्र १५, २०७७

सप्तरी ,
जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञा समय अाज राति १२ बजे सकिदै छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले पहिलो पटक गत साउन ८ गते रातिबाट निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको मा साउन २३ गतेदेखि जिल्ला भरनै निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि तेश्रो चरणमा २ भदौदेखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपिएको थियो ।

पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै गएपछि चौथो पटक भदौ २३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकमा तीन घण्टा लामो छलफल पश्चात निषेधाज्ञाको म्याद थप्ने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारि दिनुभयाे । कोरोना भाइरसको जोखिम कायमै रहेको तथा जनस्तरमा फैलिदै गएकाले निषेधाज्ञाको समय थप गरिएको उहाको भनाई छ । यस अवधिमा अत्यावश्यक सामग्रीका पसल भने बिहान १० बजेसम्म खोल्न दिइनेछ ।

बैठकले सप्तरीको राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै निषेधाज्ञा अवधिमा यी तिन वटै स्थानीय तहमा रहेका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । केही स्थानीय तहको हकमा भने भिडभाड नगरी सामाजिक दुरी कायम गर्दै अत्यावश्यक सामग्री र सेवाका सबै पसल, प्रतिष्ठान र कार्यालय खोल्न छुट दिइने निर्णय भएको बैठकमा सहभागि नेकपा प्रदेश २ का सदस्य सुखराम यादवले जानकारी दिनुभयाे ।

यता सोमवार पनि एक जना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ८ सय ६ पुगेको छ । पछिल्लो पटक जिल्लाकाे डाक्नेश्वरी नगरपालिका ९ कि एक ३२ वर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएको र उनलाई आइसोलेशनमा ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनका अनुसार अाजसम्ममा १४ हजार एक सय ६८ जनाको स्वाव संकलन गरिएकोमा एक हजार ६१ जनाको रिपोर्ट आउन बाँकी छ । हालसम्म परिक्षण गरिएका मध्येहरुबाट ८ सय ६ जनाको कोरोना पोजिटिभ तथा बाँकीको रिपोर्ट निगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]