१६ मंसिर २०७९, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ३१, २०७९

भक्तपुर – भक्तपुरमा डकैती गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत भदौ २५ गते राति ३ बजे मध्यपुर ठिमी नगरपालिका ३ गट्ठाघरस्थित एक घरमा हतियारसहित ढोका फोडेर प्रवेश गरेका व्यक्तिले डकैती गरेका थिए। पेस्तोल र खुकुरीसहित प्रवेश गरेर डकैती गर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ७ का ४१ वर्षीय अम्मरबहादुर मगर र संखुवासभाको पाँचखपन नगरपालिका ८ का ३२ वर्षीय रविन किशोर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

फलामको रडले ढोका फोडेर प्रवेश गरेका उनीहरुले आफू प्रहरी भएको बताएका थिए। घरमा भएका व्यक्तिलाई पेस्तोल ताकेर धनमाल लगेका थिए।

घटनामा प्रयोग भएको मेडइन इटाली लेखेको पेस्तोल, त्यसको दुई राउण्ड गोली, खुकुरी र रडसहित प्रहरीले पक्राउ गरेको छ।उनीहरुलाई थप कारबाहीका लागि सोमबार भक्तपुर परिसरमा पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]