२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २०, २०७९

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयात घटाउन पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाउन अनुरोध गरेका छन्। भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले यस्तो अनुरोध गरेका हुन्।

विद्युत् खपत बढाए ग्यास र पेट्रोलियम पदार्थको आयत घट्ने उनले बताए। घिसिङले भने, ‘सबै चिज इलेक्ट्रिसिटीमा कन्भर्ट गर्ने हो भने ३० देखि ४० अर्बको बिजुली यहाँ खपत हुन्छ। तर, पाँच खर्बको आयात बन्द हुन्छ। अब हामीले गर्ने परिवर्तन भनेको नेपालको आयात बन्द गर्ने हो।’

ग्यास र पेट्रोलियमभन्दा विद्युत् सस्तो हुने उल्लेख गर्दै उनले प्राधिकरणले देशैभर चार्जिङ स्टेसन राख्न लागेको जानकारी दिए। ‘ग्यास र पेट्रोलियम पदार्थको प्रयोगभन्दा विद्युतको प्रयोग पनि सस्तो छ। अहिले हामी चार्जिङ स्टेसन देशैभरि राख्दै छौँ,’ घिसिङले भने। उनका अनुसार विद्युतीय गाडीमा एक रुपैयाँ लगानी गर्दा एक किलोमिटर यात्रा गर्न सकिन्छ भने पेट्रोलियम पदार्थको प्रयोग गर्दा एक किलोमिटरमा २० रुपैयाँ खर्च हुन्छ। भन्सामा इन्डक्सन चुलाे ग्यासभन्दा ६० प्रतिशत सस्तो हुने उनले बताए।

प्राधिकरणको नाफा १६ अर्ब
घिसिङका अनुसार प्राधिकरण अहिले १६ अर्ब नाफामा छ। उनका अनुसार यसबाट प्राधिकरण आफैँले लगानी गरेर नयाँ परियोजना सुरु गर्न सक्छ। हिजो लोडसेडिङ अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको र अब दीर्घकालीन गुणस्तरीय सेवा दिनमा ध्यान केन्द्रित गरेको घिसिङले बताए।

नेपालमा विद्युत् सेवा सुरु भएको शताब्दी हुँदा चार वर्षअघि ६० प्रतिशत ठाउँमा मात्र विद्युत् सेवा पुगेको बताउँदै उनले अहिले ९५ प्रतिशत ठाउँमा विद्युत् सेवा पुगेको दाबी गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]