०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, साउन २८, २०७९

एजेन्सी – शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि अवस्था गम्भीर रहेको जनाइएको छ ।

न्युयोर्क राज्य प्रहरीले छुरा प्रहारको पुष्टि गर्दै उनलाई हेलिकप्टरबाट क्षेत्रीय अस्पताल लगिएको बताएको छ । रुस्दीको अवस्था गम्भीर रहेको र उनलाइ आवश्यक हेरचाह गरिएको गभर्नर क्याथी होचुलले बताइन् ।

आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिएको प्राप्त विवरणमा जनाइएको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।

सन् १९८८ मा प्रकाशित द सैटानिक भर्सेस लेखेपछि रुस्दीलाई इस्लामवादीहरूले ज्यान मार्ने धम्की दिएका छन् ।प्रहरीले न्यु जर्सीको फेयरभ्युबाट २४ वर्षीय हादी माटर नाम गरेका एकजना संदिग्धलाई पक्राउ गरेको न्यूयोर्क पुलिसले बताएकाे छ । उनलाई हेलिकप्टरबाट पेन्सिलभेनियाको एरीस्थित अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]