२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०९, २०७९

राजविराज — पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह–कोसी ब्यारेज खण्डमा बिहीबार बिहान १० बजे यात्रुबाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

विराटनगरबाट भिमानतर्फ गइरहेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बस ओभरटेक गर्ने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह–कोसी ब्यारेज खण्डमा सडकभन्दा तल पल्टेको थियो ।

बस पल्टिँदा स्थानीय र सुरक्षाकर्मीहरुले घाइते यात्रुहरुलाई उद्धार गरेपनि एक जना ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बसमा सवारमध्ये ११ जना घाइते भएका छन् । उनीहरुको भारदह अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]