
महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ नारायण डाँडामा सोमबार राति टिपर दुर्घटनामा परेको हो।
नारायणडाँडा उकालोमा बा ४ ख ७३३६ नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट टिपर चालकको मृत्यु भएको हो।
मृतक काभ्रे मण्डनदेउपुर घर भएका ३३ वर्षीय कपिल तामाङ छन्।
प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।