२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०७, २०७९

राजविराज — सप्तरीस्थित खाडो नदीको पूर्वी तटबन्धमा कटान सुरु भएको छ । सामान्य बाढीले नै तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही र सकरपुराको बीचमा रहेको तटबन्धमा कटान गर्न थालेको हो । पालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाका अनुसार ५ मिटर चौडाइ रहेको तटबन्धको एक मिटर भाग बाढीले कटान गरिसकेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित खाडो नदीको पूर्वी तटबन्धस्थल । तस्बिर : अवधेश/कान्तिपुर

उक्त स्थानमा तटबन्ध गर्ने काम यसअघिदेखि नै जारी रहे पनि अलपत्र छ । तटबन्ध गर्न खाल्डो खनेर त्यसै छोड्दा कटान सुरु भएको हो ।

अहिले कटान भएको ठाउँमा तटबन्ध भत्किए तिलाठी कोइलाडी–१ को तिलाठी, ३ को सकरपुरासहित हनुमाननगर कंकालिनी नगरपालिकाको मल्हनिया जलमग्न हुने जोखीम छ ।

 खाडो नदीबाट रुपनी, तिलाठी कोइलाडी तथा राजविराज नगरपालिका पनि प्रभावित हुँदै आएका छन् । हरेक वर्ष बाढीका कारण विस्थापन हुनेको संख्या पनि बढ्दो छ । असार, साउन र भदौमा बाढी खेतीयोग्य जमिन र बस्तीमा पस्दा धनजनको क्षति हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]