
काठमाडौं-सिन्धुलीको कमलामाई नगरपालिका ४ मा मोटरसाइकल र जिप आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । हिजो बेलुका मोटरसाइकल र जिप आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका ५ का १९ वर्षीय महेश भुजेल छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।
चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५७७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका हुन् । जिपसहित चालकलाई प्रहरी चौकी ढुङग्रेबासले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।