
काठमाडौं – डडेलधुरामा ट्याक्टर सडकबाट २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन् । अमरगढी नगरपालिका २ स्थित कारीगाउँमा गएराति ट्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका हुन् ।
डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्याक्टर गएराति करिब साढे ११ बजे सडकबाट करिब २०० मिटर तल खसेको हो ।
दुर्घटनास्थल वरीपरी खोजीगर्दा ट्याक्टरको अगाडिको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको प्रहरी चौकी बागबजार डडेलधुराले जनाएको छ ।