कास्की – गए रातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति भएको छ ।
पोखरा–२५, हेमजा र पोखरा–१९, पुरुनचौर जोड्ने गरी मर्दीदोभानभन्दा केही तल सेती नदीमाथि बनाइएको ट्रस्ट पुलमा बाढीले क्षति पुर्याएपछि यातायात आवागमन बन्द भएको छ । जसका कारण जिल्लाको माथिल्लो भेगका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।
पुलको जगभन्दा तलबाटै नदीले कटान गरेपछि पिल्लर कोल्टिएर ट्रस्ट पुल पूर्ण रूपमा क्षति भएको र सञ्चालनमा आउन नसक्ने डिभिजन सडक कार्यालय पोखराले जनाएको छ ।
पुलबाट अब मानिस हिँड्डुल गर्न समेत जोखिम भएको बताइन्छ । पुलका संरचना अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिएको छ । सडक कार्यालयले पाँच वर्षअघि निर्माण गरेको सो पुल ७२ मिटर लामो र सात मिटर फराकिलो छ ।
पुल अवरुद्ध भएपछि साना–ठूला सबै सवारीसाधनको आवतजावत रोकिएको छ । सोही पुल हुँदै माछापुच्छ«े गाउँपालिकाका केही वडाका नागरिक समेत पोखरा आवतजावत गर्ने गर्छन् ।
चिप्लेटी हुँदै भरावरी र काभ्रे जाने सडक बाढीका कारण कटान भएपछि यातायात अवरुद्ध भएको