
मोरङको उर्लाबारीमा सडेर दुर्गन्धित भएको अवस्थामा शुक्रबार दिउँसो एक जना पुरुषको शव भेटिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार पाँच दिनदेखि घरैबाट बेपत्ता भएका उर्लाबारी नगरपालिका–३ का ४१ वर्षीय कुमार मगरको शव भेटिएको हो । सडेर दुर्गन्ध फैलिएको र किरा परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मगर जेठ २९ गतेदेखि सम्पर्कविहीन बनेका थिए । प्रारम्भिक अनुसन्धानबाट मगरको मृत्युको कारण खुल्न नसकेको डिएसपी श्रेष्ठको भनाइ छ । उनले शव पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।