०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ २२, २०७९

अछामका एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवा संघ अछामका पूर्वअध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको मध्यबानेश्वरमा गत फागुन २६ गते युवकमाथि खुकुरी प्रहार भएको थियो । उक्त घटना गराएको आरोपमा प्रहरीले युवा संघ अछामका पूर्वअध्यक्ष कपिल भण्डारीलाई पक्राउ गरेको हो।

उनले मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमनसिंह बोगटीलाई खुकुरी प्रहार गरेका प्रहरीको आरोप छ ।

भण्डारीलाई धरानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बोगटीको शरीरमा ४४ ओटा टाँका लगाइएको थियो। बोगटी र भण्डारी दुवै नेकपा एमाले निकट युवा संघमा आवद्ध रहेका बताइएको छ।

खुकुरी प्रहारमा भण्डारीको संलग्नता खुलेसँगै वैशाख १९ गते राष्ट्रिय युवा संघका संयोजक किरण पौडेलले उनलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको पार्टी कमिटीलाई जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]