नवलपुर – नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पल शाह भनिने पूर्णविक्रम शाहलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत तनहुँ र नवलपुरको आदेशविरुद्ध अभियुक्त शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । सो निवेदनमाथि बिहीबार अन्तिम फैसला गर्दै उच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेको हो ।
उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेसँगै शाह थुनामै रहने भएका छन् । पीडितले बयान फेरेकाले यो मुद्दा कसरी अगाडि बढ्छ भन्ने चासो थियो ।