
पृथ्वीराजमार्गको चितवन जिल्लाको कुरिनटार नजिक एक पुरुषको शव भेटिएको छ ।
इच्छाकामना गाउँपालिका ४ धारापानीमा एक जना पुरूषको शव भेटिएको हो । सडकछेउमा बुधबार बिहानपख शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अझैसम्म मृतकको नाम, थर‚ ठेगाना नखुलेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए । उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने डीएसपी अधिकारीको भनाइ छ ।
अधिकारीका अनुसार ती व्यक्तिलाई गाडीले ठक्कर दिएको सम्भावना छ । गाडीको खोजी सुरू भएको छ । शव भरतपुर अस्पतालमा ल्याएको डीएसपी अधिकारीले जानकारी गराएका छन् ।