२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १८, २०७९

मेलम्ची खोलामा आउने बाढीबाट हुन सक्ने क्षतिबाट जोगाउन मेलम्ची खानेपानी आयोजनाको सुरूङको ढोका बन्द गरिएको छ।

यही वैशाखदेखि काठमाडौंबासीका घरघरमा वितरण गरिएको मेलम्चीको पानी सुरूङको ढोका बन्द गरेसँगै यो बर्खाभर नआउने भएको छ। बर्खापछि मेलम्चीको पानी पुन: काठमाडौं ल्याइनेछ।

मेलम्चीमा पानीको सतह बढ्दो क्रममा रहेको, धमिलो हुँदै गएको र जुनसुकै बेला ठूलो बाढी आएर सुरूङमा क्षति पुर्‍याउन सक्ने भएकोले मंगलबार सुरूङको ढोका बन्द गरिएको हो।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलामा रहेको सुरूङको ढोका बन्द गरिएको आयोजनाले जनाएको छ। यहाँबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइएको थियो।

गत वर्ष असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति पुगेको थियो। बाढीले क्षति पुर्‍याएको करिब ११ महिनापछि मात्रै मेलम्चीको पानी पुन: काठमाडौं ल्याउन सम्भव भएको थियो।

आयोजनास्थलमा अस्थायी संरचना खडा गरी पानी ल्याइएको थियो।

सरकारले पहिलो पटक ०७७ चैतमा मेलम्चीको पानी काठमाडौं ल्याएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]