२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १७, २०७९

रोल्पा कारागारमा रहेका सुन्दर हरिजनले आत्महत्या गरेको घटनाबारे स्थलगत रूपमा बुझेर सत्यतथ्य पत्ता लगाउन सरकारले समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाइको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो।

गृहमन्त्री बालकृष्ण खाणले घटनाबारे सत्यतथ्य पत्ता लगाउन निर्देशनसमेत दिएका छन्।

समितिलाई एक साताभित्र घटनाबारे प्रतिवेदन दिन भनिएको मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले बताए।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन्।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाइँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]