२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १७, २०७९

धनगढी — कैलालीको अत्तरिया नजिक पर्ने गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५५ वर्षीया पदमा ऐर मंगलबार बिहान मृत फेला परेका छन् ।

श्रीमान घर बाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले बताए । ‘बिहान थाहा भएपछि प्रहरी घटनास्थल पुगेको छ,’ राठौरले भने ।

प्रहरीका अनुसार घटनाकाे प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा एउटा खुकरी फेला परेको छ ।

घटनाबारे थप अनुसन्धान तथा पोष्टमार्टम गर्ने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]