२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १७, २०७९

नारायणगढ–मुग्लिङ सडक खण्डमा बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । उक्त सडक खण्डको इच्छाकामाना गाउँपालिका ६, कालीखोलामा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख ७०३ नम्बरको ट्रक र नारायणगढबाट आउँदै गरेको नां ४ ख १४१९ नम्बरको बस ठोक्किएको हो ।

अहिले घाइतेहरुको उपचार भइरहेको छ । एक जनालाई पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ । दुई जनाको स्थानीय मेडिकलमा उपचार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अुनसार दुवै सवारी साधन र चालक मुग्लिङ प्रहरीको नियन्त्रणमा राखिएको छ ।

दुर्घटनामा इच्छाकामना ६ कुयलघारीका ६९ वर्षे जीतबहादुर विक, भरतपुर २९ की ४५ वर्षीया लालमाया गुरुङ र गोरखाकी ५२ वर्षे चमेली उपरकोटी घाइते भएका हुन् ।

विकलाई थप उपचारको निम्ति भरतपुर लगिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]