११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १७, २०७९

जिल्लाको उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक महिनापछि पुनः सञ्चालनमा आएको छ ।

उत्तर दक्षिण सडक खण्डअन्तर्गतको किमाथाङ्का–खाँदबारी सडक अन्तर्गतको मकालु गाउँपालिका–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि भोटखोला जाने सडक पुनः सञ्चालन भएको हो ।

मकालु–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि आइतबारदेखि सडक सञ्चालन भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । सुक्खा पहिराले भोटखोला जाने सडक खण्ड एक महिनादेखि अवरुद्ध भएको थियो ।

पहिराले बन्द भएको सडक भोटखोला गाउँपालिकाको आग्रहमा स्वामी नारायण कन्स्ट्रक्शन निर्माण सेवा प्रालिले हटाएको हो । पहिरो हटाएपछि सोमबारदेखि यातायात सञ्चालन भएको छ ।

मकालु–३ सम्माटार सडक खण्डमा सुक्खा खस्दा भोटखोला जाने र आउने यात्रुले सास्ती पाएका थिए । सुक्खा पहिराका कारण बेलाबेला उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

लामो समयसम्म बाटो अवरुद्ध हुँदा भोटखोलाका स्थानीयलाई आवतजावतमा समस्या परेको थियो । दैनिक उपभोग्य सामग्री भरियाले बोकेर भोटखोला पुर्‍याउनु पर्दा महँगी बढेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]