
पोखरा विमानस्थलमा इन्धन बोकेको ट्यांकर दुर्घटना भएको छ । यसबाट उडानसमेत प्रभावित बनेका छन् ।
घटनामा कुनै मानवीय क्षति भने भएको छैन । घटनास्थलमा कास्कीका एसपी रमेश थापासहितका उद्धारकर्मी पुगेका छन् ।
विमानस्थलको कम्पाउण्डमा ट्यांकर पल्टिएको एसपी रमेश थापाले बताए । प्रविधिको सहायताले सुरक्षाकर्मीहरुले ट्यांकर उठाउने प्रयास गरिरहेका छन् ।