२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १७, २०७९

वर्षौ लगाएर हुर्काइएका अशोक लगायत अन्य प्रजातिका हरिया रुख काटेर धमाधम ब्युटिफिकेसनको काम अघि बढाइएपछि चौतर्फी विरोध भएको छ । ब्युटिफिकेसनका नाममा प्रकृति विनाशको काम गरिएपछि विरोध भएको हो । जरैसित रुखहरु काटेर सडकको दक्षिण र उत्तरतर्फ अग्लाअग्ला फलामका खाँबाहरु गाड्ने काम भइरहेको छ ।

सडकको दुईतिर फलामका खम्बा राखेर सडकमाथि पारदर्शी छत हाल्ने योजनाका साथ विराटनगर महानगरपालिकाले उपभोक्ता समितिमार्फत सडक ब्युटिफिकेसनको काम अघि बढाएको हो । अहिले खम्बा गाडेर छानो अड्याउन धमाधम अर्धवृत्ताकारका फालमे बार जडान गर्ने काम भइरहेको छ ।

९६ लाख १२ हजार तीन सय २९ रूपैयाँ बराबरको लागत रहेको योजना २०७९ जेठ मसान्तसम्ममा सक्ने लक्ष्य राखिएको छ । यसअन्तर्गत फलामका बारसहित झिलिमिली बत्ती जडान गर्नेदेखि साँझमा घुमफिर स्थल बनाउनेसम्मको योजना छ ।

एयरपोर्ट रोड ब्युटिफिकेसन उपभोक्ता समितिका अध्यक्ष पून्य भट्टराईले काम तोकिएकै समयमा पूरा गरिने बताए । पुराना र बीच बाटो तथा बिजुलीका पोलमुनि परेका रुखहरु हटाएर ब्युटिफिकेसनको काम थालिएको दाबी उनको छ । एयरपोर्ट रोडका १८ वटा रुख काटिएको र १६ वटा अन्यत्र सार्ने तयारी रहेको जानकारी भट्टराईले दिए ।

तर भट्टराईको दाबी अनुसार रुखले कुनै पनि अवरोध गरेको देखिँदैन । तर पनि ब्युटिफिकेसनका नाममा रुख ढालेर प्रकृतिको विनाश गर्ने काम भएको छ । अहिले भएका रुख काटिएका ठाउँमा पामको रुख लगाउने योजना रहेको भट्टराईले बताए । भने, ‘यो सडकमा दुई सय रुख रोप्ने योजना छ । अशोकको ठाउँमा पामका रुख लगाउँदा अलि राम्रो देखिने रहेछ ।’

कोसी लोकमार्गअन्तर्गतको मुख्य सडकदेखि विराटनगर विमानस्थलसम्म पुग्ने यो सडकमा प्लास्टिकका ब्लक हालेर टनेल शैलीमा सौन्दर्यकरण गर्ने योजनाअनुरुप चालु आर्थिक वर्षकै कार्यक्रममा बजेट छुट्याइएको थियो । साँझपख परिवारका सदस्यलाई घुम्न सहज होस् भनेर चिटिक्क पार्न लागिएको भट्टराईले दाबी गरेका छन् ।

पहिलो चरणमा टनेल र लाइटिङको काम गर्ने, दोस्रो चरणमा आकर्षक पेटी बनाउने र तेस्रो चरणमा रङरोगन गर्ने योजना रहेको उनले बताए । सडकको पूर्ण सौन्दर्यकरणका लागि भने साढे तीन करोड बढी खर्च हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]