२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १७, २०७९

सुर्तीजन्य पदार्थविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज (मङ्गलबार) मनाइँदै छ । नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धुमपानरहित दिवस मनाउनुपर्ने सुझावसहित सुर्तीजन्य पदार्थको सेवन र यसबाट निम्तन सक्ने मृत्यु एवम् रोगप्रति विश्वको ध्यानआकर्षण गराएका थिए । १९८८ देखि प्रत्येक वर्ष मे ३१ मा विश्व धुमपानरहित दिवस मनाउन थालिएको हो ।

दिवसमा अवसरमा सुर्तीजन्य पदार्थले मानव स्वास्थ्य र वातावरणमा पार्ने समग्र नकारात्मक असरका बारेमा चर्चा गरिने छ । विश्वमा धुमपानका कारण हरेक ८ सकेन्डमा एक जनाको मृत्यु हुने गरेको छ ।

चुरोट लगायतका अन्य सुर्तीजन्य पदार्थको सेवनका कारण मृत्युदर पनि बढ्दै गइरहेको छ । मृत्युदर कम गर्न सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्नु यो दिवसको मुख्य उदेश्य हो ।

सुर्तीजन्य पदार्थको सेवन नियन्त्रण विश्वकै लागि ठुलो चुनौती बनेर गएको छ । धुमपानको कूलतमा नयाँ पुस्ताको आकर्षण झन् ठुलो चुनौती बनेको छ । दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरू, सुर्तीजन्य कम्पनीहरूको व्यावसायिक अभ्यासहरू, सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य सङ्गठन गरिरहेको प्रयास लगायतका बारेमा प्रष्ट पार्ने गरेको छ ।

चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिद एवम् प्रयोगकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रूपमा विश्वमै सुर्तीजन्य पदार्थका लागि सहज देश पनि हो । अन्य देशको तुलनामा यसको सेवन गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयनको अवस्था नेपालमा फितलो छ ।

पछिल्लो समय सार्वजनिकस्थलमा धुमपान गर्नेलाई कडा कारबाहीको प्रावधान ल्याइएको छ । तर प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । नेपालले सुर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धी अनुमोदन गरेको हो । महासन्धीका प्रावधान पनि कानुन सरह लागू हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]